जग्गा हुने किसानहरूले आफ्नो घरबारी तथा
खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन
गर्न सक्दछन् । डाले घाँस, वहुवर्षिय घाँस र
एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ । यसो गर्न सकिएमा
घाँसको खास अभाव रहँदैन र जङ्गल विनाश पनि नियन्त्रण हुन्छ । सामुदायिक जङ्गलहरूमा
समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरूको खेती गरी आवश्यक घाँस उपलब्ध गराउन
सकिन्छ ।
(१) डाले घाँसहरू
किम्बु, चुलेत्रो,
इपिल–इपिल, दूधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि
(२) एकवर्षीय घाँसहरू
(क) हिउँदे घाँसहरू
जै, सानो केराउ, बर्सिम, भेच आदि ।
(ख) वर्षे घाँस
टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे आदि ।
(३) बहुवर्षीय घाँसहरू
नेपियर, स्टाइलो, अमृसो, सेटारिया, मोलासेस, पास्पालम, क्लोभर, राइघाँस, कक्सफुट, सुडान, कुड्जु, डिस्मेडियम आदि ।
एक वर्षे घाँस उत्पादन प्रविधि
यस्तो प्रकारको घाँस वर्षै पिच्छे लगाइरहनु पर्दछ । नेपालमा लगाउन सकिने
उपयुक्त घाँसहरूमा वर्षिम, जै, सर्गम, टियोसेन्टी, केराउ, बाज्रा, भटमासे, बोडी पर्दछन् ।
घाँस लगाउँदा कोसा लाग्ने र नलाग्ने घाँसहरू मिलाएर लगाएमा माटोको उर्वरा शक्ति
कायम रहनुको साथै पशुलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइडे«डको अनुपात पनि
मिल्न जान्छ ।
(क) हिउँदे घाँस
उत्पादन
उपयुक्त एक वर्षे हिउँदे घाँसमा बर्सिम, जै, केराऊ, भेच आदि पर्दछन् । यी भुइघाँसहरू लगाउँदा
मिश्रित तरिकाले लगाउन सकिन्छ । मिश्रित खेती गर्दा माथि उल्लेख गरे अनुसार माटोको
उर्वरा शक्ति समेत बच्न जान्छ । हिउँदे घाँसको बीउलाई असोजदेखि मंसिरसम्म छरी
हिउँदको समयमा प्रयोग गर्न सकिन्छ ।
(ख) वर्षे घाँस उत्पादन
एक वर्षे घाँसमा भटमास, मकै, मकैचरी, जोआर, बाजरा, बोडी आदि पर्दछन् । वर्षे घाँसका बीउलाई
सामान्यतया वर्षा याममा घाँसको रुपमा प्रयोग गर्न सकिन्छ ।
बहुवर्षे घाँस उत्पादन प्रविधि
यस्तो प्रकारको घाँस एक पटक लगाएपछि वर्षौसम्म घाँस उत्पादन गर्न सकिन्छ ।
यस्तो घाँस हैसियत बिग्रीएको सार्वजनिक चरन, सामुदायिक वन, खोलाको बगर, खेतवारीको डिल
कान्ला आदिमा लगाउन सकिन्छ । पशुको लागि उपयूक्त बहुवर्षिय घाँसहरूमा नेपीयर,
स्टाइलो, अमृसो, राई ग्रास,
सेतो क्लोभर, ज्वाइन्ट भेच, पास्पालम, मोलासेस, सेटारिया, कक्सफुट, कुड्जु, ग्लाइसिन, सेन्ट्रोसिमा, सिराट्रो , डेस्मोडियम,
ल्यावल्याब आदि हुन् ।
यसरी सामान्यतया वर्षे घाँसलाई फागुन–चैत्रमा छरिन्छ भने, हिउँदे घाँसलाई
असोज–कात्तिकमा छरिन्छ । बीउको
आकार मकैको दाना जस्तो छ भने प्रति हेक्टर ४०–५० केजी सम्म बीउ लाग्छ । वर्षिमको बीउ जस्तो छ भने २०–२५ सम्म लाग्छ । पहाडी र जमिन खेतीको लागि
प्रयोग गर्ने ठाउँमा बहुवर्षे घाँस खेतीमा जोड दिनु पर्छ ।
मिश्रित खेती
घाँस खेती गर्दा मिश्रित तरिकाले गर्दा एकातिर माटोको उर्वरा शक्ति बढ्छ भने
अर्कोतिर बाख्रालाई पौष्टिक तत्व पनि प्रयाप्त प्राप्त हुन्छ ।
जस्तै,
हिउँदे मिश्रित
खेती : जै र भेज, जै र सानो केराउ
वर्षे मिश्रित खेती : टियोसेन्टी र
बोडी, मकै र बोडी , मकै र भटमास आदि ।
मुख्य मुख्य घाँसको उत्पादन सम्बन्धी विवरण
क्र.सं.
|
घाँसको नाम
|
लगाउने महिना
|
आवश्यक बीउ प्रति हेक्टर (के.जी)
|
बीउ सङ्कलन
गरिने महिना
|
(क) उच्च पहाड
|
||||
१.
|
राई घाँस
|
असोज
|
१५–२०
|
चैत्र–बैशाख
|
२.
|
रातो क्लोभर
|
असोज–बैशाख
|
४–८
|
चैत्र–असोज
|
३.
|
सेतो क्लोभर
|
असोज–बैशाख
|
२–४
|
चैत्र–असोज
|
५.
|
कोते
|
बैशाख–जेठ
|
१५ –२०
|
मंसीर
|
६.
|
टिमोथी
|
असोज
|
१०
|
असोज–कात्तिक
|
(ख) मध्य पहाड
|
||||
१.
|
मकै
|
फागुन–चैत्र
|
४०–५०
|
साउन–भदौ
|
२.
|
टियोसेन्टी
|
फागुन–चैत्र
|
३०–४०
|
साउन–भदौ
|
३.
|
जै
|
असोज
|
८०–१००
|
बैशाख–जेठ
|
४.
|
नेपियर (सेट)
|
जेठ–असार
|
१० हजार सेट
|
जेठ–असार
|
५.
|
सेटेरिया
|
असार
|
२०
|
मंसीर
|
६.
|
पेरेनियल राई
घाँस
|
असोज
|
१५ –२०
|
चैत्र–बैशाख
|
७.
|
ज्वाईन्ट भेच
|
फागुन
|
१ –३
|
जेठ–असार
|
८.
|
भेच
|
असोज–कात्तिक
|
३०–३५
|
चैत्र–बैशाख
|
९.
|
डेस्मोडियम
|
फागुन–चैत्र
|
१ –३
|
असोज–कार्तिक
|
(ग) तराई
|
||||
१.
|
ज्वार
|
फागुन–असार
|
४०–५०
|
भाद्र–असोज
|
२.
|
बाजरा
|
फागुन–असोज
|
१० –१२
|
भाद्र–असोज
|
३.
|
मकै
|
फागुन
|
४०–५०
|
साउन–भदौ
|
४.
|
जै
|
आश्विन
|
८०–१००
|
बैशाख–जेठ
|
५.
|
नेपियर (सेट)
|
असार
|
१० हजार
|
बैशाख–जेठ
|
६.
|
वर्सिम
|
असोज
|
२५
|
चैत्र–बैशाख
|
७.
|
लुसर्न
|
असोज
|
१५ –२०
|
फागुन–जेठ
|
८.
|
पास्पालम
|
जेठ–असार
|
४–६
|
असोज–कात्तिक
|
९.
|
ज्वाईन्ट भेच
|
फागुन
|
१ –३
|
जेठ–असार
|
१०.
|
सिराट्रो
|
असार
|
३–४
|
मंसीर
|
११.
|
स्टाइलो
|
असार
|
२–५
|
मंसीर
|
१२.
|
मोलासेस
|
असार
|
५
|
मंसीर
|
१३.
|
टियोसेन्टी
|
फागुन
|
२०–४०
|
भदौ
|
१४.
|
सेटारिया
|
असार
|
२०
|
मंसीर
|
१५.
|
डेस्मोडियम
|
फागुन
|
२–३
|
असोज–कार्तिक
|
१. स्टाइलो
स्टाइलो
बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न
सकिन्छ । माटो : बलौटे र दोमट माटो
उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ ।
बीउको मात्रा : ५ देखि १० के.जी प्रति हेक्टर
बीउ उपचार
·
शुरुमा बीउलाई १०
प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने ।
·
पिँधमा रहेका
बीउलाई छहारीमा सुकाउने ।
·
१० प्रतिशतको
चिनी वा सख्खरको झोलमा १ केजी बीउ बराबर ५० ग्राम राइजोवियम राम्ररी मिसाई २४
घण्टाभित्र छर्ने ।
लगाउने समय : बैशाखदेखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का
किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : प्रति हेक्टर १० देखि १५ केजी नाइट्रोजन,
५० देखि ६० केजी फोस्फोरस तथा २० देखि ३० केजी
पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन
·
लगाएको २ देखि ३
महिनामा पहिलो पटक काट्न सकिन्छ ।
·
त्यसको १ देखि
१.५ महिनाको अन्तरालमा थप दुई पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन २५ देखि ३० टनसम्म हुन्छ ।
२. मोलासेस
मोलासेस
बहुवर्षिय अकोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न
सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ५ देखि ६ के.जी प्रति हेक्टर
लगाउने समय : बैशाख देखि जेठ पहिलो साताभित्र । असारसम्म
पनि लगाउन सकिन्छ ।
लगाउने तरिका : बीउ हल्का हुने भएकोले माटो वा खरानीसँग
मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर छोपिदिने ।
कटाई तथा उत्पादन
·
लगाएको ७५ दिनपछि
पहिलो पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ३० देखि ३५ टन सम्म हुन्छ ।
३. ज्वाइन्ट भेच
ज्वाइन्ट भेच
कोशे घाँस हो । यो एकवर्षिय र बहुवर्षिय दुवै खाले पाइन्छ । समुन्द्री सतहदेखि
१२०० मिटरसम्म यसको राम्रो
खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४ देखि ५ केजी प्रति हेक्टर
लगाउने समय : बैशाख देखि असारसम्म
लगाउने तरिका : हल्का खनेर तयार गरेको जग्गामा बीउ छरी हल्का
किसिमले माटोलाई चलाउनुपर्दछ ।
मलखाद : खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको
लागि प्रति हेक्टर ३० देखि ४० केजी नाइट्रोजन,
५० देखि ६० के.जी फोस्फोरस राखेमा उत्पादन
राम्रो हुन्छ ।
कटाइ तथा उत्पादन
·
लगाएको ७५ दिनपछि
पहिलो पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ३५ देखि ४० टन सम्म हुन्छ ।
४. नेपियर
नेपियर बहुवर्षिय
अकोशे घाँस हो । झट्ट हेर्दा यो घाँस उखु जस्तै देखिन्छ । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । खेतका
कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको अलावा भुक्षय समेत रोक्न सकिन्छ ।
माटो : चिम्टे र सिम जग्गा बाहेक सबै खालको माटोमा
लगाउन सकिन्छ । पानी नजम्ने पांगो माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
कटिङ्ग वा
सेट्सको सङ्ख्या : बीउको सट्टा
नेपियर कटिङ्ग वा सेट्सबाट लगाउने चलन हुन्छ । ३ वटा आख्ला भएको सेट्स छान्नुपर्दछ
। एक हेक्टरको लागि १०,००० देखि १२,५०० जति सेट्स चाहिन्छ ।
लगाउने समय : जेठ, असार लगाइन्छ तर सिँचाईको सुविधा भएको ठाउँमा कात्र्तिक र फागुन महिनामा पनि लगाउन
सकिन्छ ।
लगाउने तरिका : राम्रोसँग खनेर तयार गरेको जग्गामा लगाउनु
पर्दछ ।
मलखाद : प्रति हेक्टर ५० देखि ८० केजी नाइट्रोजन,
५० केजी फोस्फोरस राखेमा उत्पादन राम्रो हुन्छ
। यदि कम्पोष्ट मल राख्ने
हो भने प्रति हेक्टर २ सय ५० क्विन्टल राख्नु पर्दछ ।
कटाई तथा उत्पादन
·
लगाएको ७५ देखि
९० दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
·
त्यसपछि वर्षामा
प्रत्येक ५÷६ हप्तामा र हिउँदमा ८÷१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६÷८ कटिङ्ग लिन सकिन्छ ।
·
प्रति वर्ष प्रति
हेक्टर हरियो घाँस उत्पादन १५०० देखि २५०० टनसम्म हुन्छ ।
·
एकपटक लगाएपछि ५÷६ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।
५. अमृसो
अमृसो बहुवर्षिय
अकोशे घाँस हो । समुन्द्री सतहदेखि २५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस
लिनको हलावा भुक्षयसमेत रोक्न सकिन्छ । यसबाट कुचो उत्पादन हुने भएकाले नगदे बालीको
रुपमा समेत प्रख्यात छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर बलौटे
दोमट माटो यसको लागि बढी उपयुक्त हुन्छ ।
बेर्नाको तयारी : प्राय अमृसो गानोबाट सार्ने चलन छ । गानो
सहितको बेर्नालाई पोलिथिन ब्यागमा माटो, बालुवा र मल १.२.१ का दरले राखी रोप्नुपर्दछ । यसरी रोपेको ३ महिनामा नयाँ
पालुवा पलाई अर्को बारीमा सार्ने समय हुन्छ ।
लगाउने समय : जेठ देखि साउन सम्ममा लगाइन्छ ।
लगाउने तरिका : ३० घन सेमीको खाडल खन्ने र समतल भूभागमा १६००
बिरुवा प्रति हेक्टरका दरले र भिरालो क्षेत्रमा २५०० देखि ४००० बिरुवा प्रति
हेक्टरका दरले लगाउन सकिन्छ ।
कटाई तथा उत्पादन
·
अम्रिसो घाँसको
झुप्पामा फूलेको फूल छिप्पिएपछि काट्न सकिन्छ । प्राय पुसपछि काटिन्छ ।
·
त्यसपछि वर्षामा
प्रत्येक ५÷६ हप्तामा र हिउँदमा ८÷१० हप्तामा काट्न सकिन्छ । वर्षभरिमा ६ देखि ८
काट्न सकिन्छ ।
·
प्रति वर्ष प्रति
हेक्टर हरियो घाँस उत्पादन ४० देखि ६० टनसम्म हुन्छ ।
·
एकपटक लगाएपछि ४
देखि ५ वर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।
६. जै
जै एक महत्वपूर्ण
हिउँदे अकोशे घाँस हो । यो घाँस नेपालको तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिन्छ
।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पाँगो
माटो सबैभन्दा उपयुक्त हुन्छ ।
बीउको मात्रा : १०० देखि १२० केजी प्रति हेक्टर ।
लगाउने समय : तराई र मध्य पहाडमा असोज, कात्तिक महिना र उच्च पहाडी क्षेत्रमा चैत,
बैशाखमा लगाउन सकिन्छ ।
लगाउने तरिका : जमीनलाई खनजोत गरी माटो बुर्बुराउँदो हुने गरी
तयार गर्ने र बीउ छर्दा ५÷६ सेमी भन्दा
गहिरो नहुने गरी एक लाइनदेखि अर्को लाइनको फरक २० देखि २५ सेमी राखी छर्ने ।
कटाई तथा उत्पादन
·
लगाएको ६० दिनपछि
पहिलो पटक काट्न सकिन्छ । ३ पटकसम्म काटी पुसदेखि चैत महिनासम्म उत्पादन लिन
सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ३० देखि ५० टनसम्म हुन्छ ।
७. वर्षिम
वर्षिम एकवर्षिय
हिउँदे कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न
सकिन्छ ।
माटो : चिम्टे पाँगो माटो उपयुक्त हुन्छ । पानी जम्ने
र अम्लिय माटो राम्रो हुंदैन ।
बीउको मात्रा : २० देखि २५ के.जी प्रति हेक्टर
बीउ उपचार
·
१ लिटर पानीमा
१०० ग्राम सखर वा चिनी पानी मिसाई तयार गरेको घोललाई चिपचिपाहट आउँदासम्म उमाल्ने
।
·
उक्त घोललाई
सेलाउन दिने ।
·
बीउ र इनाकुलम
राम्रोसँग मिसाई छहारीमा २(३ घण्टासम्म सुकाउने ।
·
बीउमा इनाकुलम
लगाएको २४ घण्टाभित्र बीउ छरिसक्नुपर्दछ ।
लगाउने समय : असोज देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाईएको जग्गामा बीउ छरी हल्का
किसिमले माटोलाई चलाउनु पर्दछ । हिल्याएको खेतमा अझ उपयुक्त हुन्छ ।
मलखाद : जग्गा तयार गर्दा प्रति हेक्टर २५ केजी
नाइट्रोजन, ५०–६० केजी फोस्फोरस तथा २०–३० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ ।
कटाई तथा उत्पादन
·
लगाएको ५० देखि
६० दिनमा पहिलो पटक काट्न सकिन्छ ।
·
त्यसको ३ देखि ४
हप्ताको अन्तरालमा ७ देखि ८ पटकसम्म काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ७० देखि ८० टनसम्म हुन्छ ।
·
प्रति हेक्टर ५००
देखि ७०० केजीसम्म बीउ उत्पादन हुन्छ ।
८. टियोसेन्टी
टियोसेन्टी
एकवर्षिय अकोशे घाँस हो । यो उष्ण तथा समशीतोष्ण हावापानीमा भएका स्थानहरूमा
उपयुक्त हुन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ । तर पानी
जम्ने ठाउँमा हुंदैन ।
बीउको मात्रा : ३५ देखि ४० केजी प्रति हेक्टर
लगाउने समय : सिँचाई सुविधा भएका ठाउँमा चैत्र बैशाखमा र
सिँचाई नभएका ठाउँमा जेठ असारतिर लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने
।
कटाई तथा उत्पादन
·
लगाएको ६ देखि ८
हप्तामा पहिलो पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ३० देखि ४० टन सम्म हुन्छ ।
९. भटमासे
भटमासे बहुवर्षिय
कोशे घाँस हो । समुन्द्री सतहदेखि २००० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : ४० देखि ५० केजी प्रति हेक्टर ।
लगाउने समय : जेठदेखि असारसम्म लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन
सकिन्छ ।
मलखाद : खासै आवश्यकता पर्दैन तर राम्रो उत्पादन लिनको
लागि प्रति हेक्टर ५० केजी फोस्फोरस र ५० केजी पोटास राखेमा उत्पादन राम्रो हुन्छ
।
कटाइ तथा उत्पादन
·
लगाएको २ देखि ३
महिनामा पहिलो पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ३० देखि ४० टनसम्म हुन्छ ।
·
प्रति हेक्टर १
सय २५ देखि २०० केजी बीउ उत्पादन हुन्छ ।
१०. बोडी (काउपी)
काउपी एकवर्षीय
कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।
माटो : दोमट माटो राम्रो हुने भएता पनि धेरै खालकोे
माटोमा लगाउन सकिन्छ । तर पानी जम्ने ठाउँमा त्यति हुनसक्दैन ।
बीउको मात्रा : २० देखि २५ केजी प्रति हेक्टर
लगाउने समय : भदौ देखि कात्तिकसम्म
लगाउने तरिका : खनजोत गरी बुर्बुराउदो बनाइएको जग्गामा छर्ने
।
कटाई तथा उत्पादन
·
लगाएको २
महिनापछि पहिलो पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
हरियो घाँस उत्पादन ८ देखि १० टनसम्म हुन्छ ।
·
प्रति हेक्टर बीउ
उत्पादन २५० देखि ४०० टनसम्म हुन्छ ।
११. बदामे घाँस
बदामे घाँस
बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १४०० मिटरसम्म यसको राम्रो खेती गर्न
सकिन्छ ।
माटो : दोमट र चिम्टाइलो माटोमा राम्रो हुने भएता पनि
सबै खालको माटोमा लगाउन सकिन्छ ।
बीउको मात्रा : १० देखि ३० केजी प्रति हेक्टर । यसलाई
कटिङ्गबाट पनि लगाउन सकिन्छ । कटिङ्गबाट लगाउँदा प्रति हेक्टर १०,००० कटिङ्ग चाहिन्छ । कटिङ्ग छान्दा तीनवटा
आँख्ला भएको छान्नुपर्दछ ।
लगाउने समय : असार साउनसम्म लगाउन उपयुक्त हुन्छ । तर
चिस्यान भएको जग्गामा जुनसुकै समयमा लगाउन सकिन्छ ।
लगाउने तरिका : खनजोत गरी तयार गरिएको जग्गामा बीउ छरी लगाउन
सकिन्छ । कटिङ्गबाट लगाउने हो भने १/१ मिटरको फरकमा लाइन राखी ६० सेन्टिमिटरको फरकमा ५ देखि ७ सेमी गहिरो गरी
कटिङ्ग रोप्नुपर्दछ ।
मलखाद : प्रति हेक्टर १ देखि २ टन गोबर वा कम्पोष्ट मल
प्रयोग गर्न राम्रो हुन्छ ।
कटाई तथा उत्पादन
·
लगाएको २ देखि ३
महिनामा पहिलो पटक काट्न सकिन्छ ।
·
प्रति हेक्टर
सुख्खा पदार्थको उत्पादन ५ देखि ६ टनसम्म हुन्छ ।
·
प्रति हेक्टर
१००० केजीसम्म बीउ उत्पादन हुन्छ ।







0 comments:
Post a Comment