१. परिचय
नेपालमा करिब
६५.७∞ जनता कृषिमा निर्भर छन् ।
देशको ८६∞ व्यक्ति गाउँमा बस्छन् र ३०.८∞
जनता गरिबीको रेखामुनि बाँच्न बाध्य छन् ।
गर्भवती महिला र बालबालिकामा कुपोषणको समस्या व्यापकरूपमा देखिएको छ ।
प्रोटिन, भिटामिन, खनिज तङ्खवहरूको मुख्य स्रोत दाल, तरकारी, फलफूल, अण्डा र माछामासु हो ।
प्राणीको सन्तुलित विकासको लागि वनस्पति र प्राणीबाट प्राप्त हुने प्रोटिनको उत्तिकै
आवश्यकता पर्दछ । नेपालमा प्राणी प्रोटिनको आपूर्ति न्यून रहेको छ । नेपालको
ग्रामीणस्तरसम्म पनि प्राणी प्रोटिनको रूपमा सजिलै प्राप्त हुने माछा प्रति व्यक्ति
प्रति वर्ष खपत २ किलोभन्दा पनि कम छ जुन कि अन्य सार्क राष्ट्रहरूभन्दा
न्यून रहेको छ । नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र हो र यहाँ करिब ८,१८,५०० हेक्टर जलाशय उपलव्ध छ । व्यवसायिक रूपमा यी जलाशयहरूमा माछापालन गर्न
सकियो भने माछाको आयात प्रतिस्थापन गरी थप आय आर्जनमा सहयोग हुन सक्दछ र प्राणी प्रोटिन
लगायत विभिन्न भिटामिन र खनिज तङ्खवहरूको उपलब्धता सुनिश्चित गर्न सकिन्छ ।
मत्स्यपालनबाट कम खर्चमा उच्चगुणस्तरको प्राणी प्रोटीन उत्पादन गर्न
सकिन्छ । हाल देशमा पाईने २३२ जातका माछामध्ये २१७ स्थानीय माछा छन् ।
तुलनात्मकरूपमा कार्प माछाभन्दा स्थानीय साना माछाहरूमा पौष्टिक तङ्खवहरू बढी
पाईन्छ । बंगलादेशमा गरिएको एक अनुसन्धान अनुसार भिटामिन ए, क्याल्सियम र फलाम ठूलो कार्प माछाहरूको
तुलनामा साना स्थानीय माछाहरूमा बढी पाईन्छ ।








