कार्प र स्थानीय साना माछाहरूको बहुजातीय पालन प्रविधि

१. परिचय
नेपालमा करिब ६५.७जनता कृषिमा निर्भर छन् । देशको ८६व्यक्ति गाउँमा बस्छन् र ३०.८जनता गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । गर्भवती महिला र बालबालिकामा कुपोषणको समस्या व्यापकरूपमा देखिएको छ । प्रोटिन, भिटामिन, खनिज तङ्खवहरूको मुख्य स्रोत दाल, तरकारी, फलफूल, अण्डा र माछामासु हो । प्राणीको सन्तुलित विकासको लागि वनस्पति र प्राणीबाट प्राप्त हुने प्रोटिनको उत्तिकै आवश्यकता पर्दछ । नेपालमा प्राणी प्रोटिनको आपूर्ति न्यून रहेको छ । नेपालको ग्रामीणस्तरसम्म पनि प्राणी प्रोटिनको रूपमा सजिलै प्राप्त हुने माछा प्रति व्यक्ति प्रति वर्ष खपत २ किलोभन्दा पनि कम छ जुन कि अन्य सार्क राष्ट्रहरूभन्दा न्यून रहेको छ । नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र हो र यहाँ करिब ८,१८,५०० हेक्टर जलाशय उपलव्ध छ । व्यवसायिक रूपमा यी जलाशयहरूमा माछापालन गर्न सकियो भने माछाको आयात प्रतिस्थापन गरी थप आय आर्जनमा सहयोग हुन सक्दछ र प्राणी प्रोटिन लगायत विभिन्न भिटामिन र खनिज तङ्खवहरूको उपलब्धता सुनिश्चित गर्न सकिन्छ । मत्स्यपालनबाट कम खर्चमा उच्चगुणस्तरको प्राणी प्रोटीन उत्पादन गर्न सकिन्छ । हाल देशमा पाईने २३२ जातका माछामध्ये २१७ स्थानीय माछा छन् । तुलनात्मकरूपमा कार्प माछाभन्दा स्थानीय साना माछाहरूमा पौष्टिक तङ्खवहरू बढी पाईन्छ । बंगलादेशमा गरिएको एक अनुसन्धान अनुसार भिटामिन ए, क्याल्सियम र फलाम ठूलो कार्प माछाहरूको तुलनामा साना स्थानीय माछाहरूमा बढी पाईन्छ ।

पशुपालनको निम्ति घाँस खेती

जग्गा हुने किसानहरूले आफ्नो घरबारी तथा खाली जग्गामा र बारीका कान्लामा पनि घाँस खेती गरी वर्षै भरीको लागि घाँस उत्पादन गर्न सक्दछन् । डाले घाँस, वहुवर्षिय घाँस र एक वर्षिय घाँसमा हिउँदे र वर्षे घाँस मिलाएर लगाउनु पर्दछ । यसो गर्न सकिएमा घाँसको खास अभाव रहँदैन र जङ्गल विनाश पनि नियन्त्रण हुन्छ । सामुदायिक जङ्गलहरूमा समेत व्यवस्थित तरिकाले उन्नत जातका घाँसहरूको खेती गरी आवश्यक घाँस उपलब्ध गराउन सकिन्छ ।

कुरिलो खेती

परिचय
कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो सम्भावना देखिएको छ । यसको जमिनवाट निस्केको कलिलो टुसालाई तरकारीको रुपमा प्रयोग गरिन्छ । कुरिलो १५० भन्दा बढी थरिका हुन्छन् ।

पशु सेवा विभागको दीर्घकालीन उद्देश्य

पशु पालन व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने पशु सेवा विभागको प्रमुख हो भने अन्य उदेश्यहरु निम्न प्रकारका छन् ।
o  पशुजन्य पदार्थको उत्पादन तथा उत्पादकत्वमा वृद्धि ल्याउने र यसको सन्तुलित सेवनबाट कुपोषणको समस्या हटाउदै लाने ।
o    ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउन र क्षेत्रीय सन्तुलन कायम गर्न पशुपालन व्यवसायलाई विशेष ध्यान दिने ।
o    पशुपंछीपालनबाट गरीब तथा सामाजिक दृष्टिकोणबाट पिछडिएका वर्ग र महिला वर्गको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन विशेष योगदान पर्‍याउने ।
o    उन्नत पशुपालन पेशालाई कृषक परिवारको प्रमुख आयश्रोतको रुपमा विकास गरी वातावरण संरक्षण तथा सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने ।
o    देशको पशुधनको सुरक्षा र जनस्वास्थ्य संरक्षणमा योगदान पुर्‍याउन विशेष पशु रोगहरुको नियन्त्रण सेवामा विस्तार गर्ने ।

o    आयात प्रतिस्थापन तथा निर्यातमुलक पशुपंछी उत्पादनबाट उद्योगलाई कच्चा पदार्थ उपलव्ध गराई सहयोग पुर्याउने ।

पशु उत्पादन निर्देशनालय एक परिचय

पशु उत्पादन निर्देशनालय, पशु सेवा विभाग अन्तरगत उत्पादन सम्बन्धि विषयगत प्राविधिक सेवा प्रदायक निकाय हो । वि.सं. २०५२ सालमा तत्कालीन कृषि विकास विभागबाट छुट्टिई पशु सेवा विभागको पुनर्संगठन हुँदा पशु उत्पादन महाशाखाको रुपमा रहेको यस निर्देशनालयलाई वि.सं. २०५७ सालमा पशु उत्पादन निर्देशनालय नामाकरण गरिएको हो । पशु सेवा विभाग अन्तरगत पशु प्रजनन् चरन तथा पशु आहारा विकास, पशुपंक्षी प्रवर्द्धन र पशुजन्य उत्पादनको गुण व्यवस्थापनको कार्यमा प्राविधिक सेवा उपलब्ध गराउने विषयगत कार्यालयहरुको निर्देशक र मार्गदर्शकको रुपमा रहेको यस निर्देशनालय आफ्नो विषय क्षेत्रमा प्राविधिक आधिकारीक निकाय (Technical Authority ) को काम गर्ने र तत्सम्बन्धि सम्पूर्ण जिम्मेवारी वहन गरिरहेको छ । यस निर्देशनालयको प्रत्यक्ष मातहतमा २ वटा राष्ट्रिय केन्द्रको ३ वटा वस्तुगत केन्द्रीय प्रबर्द्धन कार्यालयहरु, २ वटा प्रजनन् कार्यालय, ११ वटा फार्महरु र २ वटा प्रयोगशालाहरु गरी जम्मा २० वटा कार्यालयहरु रहेका छन् । यस अन्तरगत रहेको राष्ट्रिय पशु प्रजनन् केन्द्र बि स. २०५८/०५९ बाट पोखरामा स्थानान्तरण गरिएको छ ।