पशु उत्पादन
निर्देशनालय, पशु सेवा विभाग अन्तरगत उत्पादन सम्बन्धि विषयगत
प्राविधिक सेवा प्रदायक निकाय हो । वि.सं. २०५२ सालमा तत्कालीन कृषि विकास
विभागबाट छुट्टिई पशु सेवा विभागको पुनर्संगठन हुँदा पशु उत्पादन महाशाखाको रुपमा
रहेको यस निर्देशनालयलाई वि.सं. २०५७ सालमा पशु उत्पादन निर्देशनालय नामाकरण
गरिएको हो । पशु सेवा विभाग अन्तरगत पशु प्रजनन् चरन तथा पशु आहारा विकास, पशुपंक्षी प्रवर्द्धन र पशुजन्य उत्पादनको गुण
व्यवस्थापनको कार्यमा प्राविधिक सेवा उपलब्ध गराउने विषयगत कार्यालयहरुको निर्देशक
र मार्गदर्शकको रुपमा रहेको यस निर्देशनालय आफ्नो विषय क्षेत्रमा प्राविधिक
आधिकारीक निकाय (Technical
Authority ) को काम गर्ने र
तत्सम्बन्धि सम्पूर्ण जिम्मेवारी वहन गरिरहेको छ । यस निर्देशनालयको प्रत्यक्ष
मातहतमा २ वटा राष्ट्रिय केन्द्रको ३ वटा वस्तुगत केन्द्रीय प्रबर्द्धन कार्यालयहरु, २ वटा प्रजनन् कार्यालय, ११ वटा फार्महरु र २ वटा
प्रयोगशालाहरु गरी जम्मा २० वटा कार्यालयहरु रहेका छन् । यस अन्तरगत रहेको
राष्ट्रिय पशु प्रजनन् केन्द्र बि स. २०५८/०५९ बाट पोखरामा स्थानान्तरण गरिएको छ ।






0 comments:
Post a Comment