कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी
भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी
क्षेत्रको सामुदायीक बन, निजी बन तथा
कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी
गर्न सक्ने राम्रो सम्भावना देखिएको छ । यसको जमिनवाट निस्केको कलिलो टुसालाई
तरकारीको रुपमा प्रयोग गरिन्छ । कुरिलो १५० भन्दा बढी थरिका हुन्छन् ।
कुरिलोको भाले र पोथी फूल भिन्दा भिन्दै बोटमा हुने भएकोले यिनीहरूको पराग
सेंचनको लागि भाले र पोथी विरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनु राम्रो हुन्छ
। पोथी बोट भाले बोट भन्दा कम उत्पादनशील र छोटो आयुको हुन्छन् । भाले बोटमा धेरै
टुसाहरू पलाउँछन् । तर तिनीहरूको मोटाई भने कम हुन्छ । कुरिलो लगाएको ३ वर्ष
पछिबाट मात्र उत्पादन लिनु उपयुक्त हुन्छ र एक पटक लगाए पछि राम्रो हेरचाह,
गोडमेल, मलजल गरेमा लगातार १५–२० वर्षसम्म बाली उत्पादन लिन सकिन्छ ।
कुरिलोमा पाईने पौष्टिक तत्व र यसको उपयोग
कुरिलोमा चिल्लो पदार्थको अंश नभएको हँुदा यसलाई कोलेष्टोल र सोडियम तत्व
नभएको भिटामिन ए, तथा सि प्रशस्त
मात्रामा भएको उपयोगी खाद्य पदार्थको रुपमा लिने गरिन्छ । यको प्रयोग सुप तथा
तरकारीको रुपमा, हरियो तथा
बफाईएको कुरिलो सलादको रुपमा उपयोग गरिन्छ । प्रति १०० ग्राम कुरिलो सेवनबाट
प्राप्त हुने विभिन्न पौष्टिक तत्वको विवरण तल दिईएको छ ।
हावापानी
यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्र
पूर्वको ईलामदेखि पश्चिमको डडेलधुरा वैतडी सम्म सफलतापूर्वक गर्न सकिन्छ । तुषारो
पर्ने क्षेत्र यको खेतीको लागि उपयुक्त मानिदैन । यको लागि हिउँदमा चिसो तथा
बसन्तमा न्यानो हावापानी राम्रोमानिन्छ । सामन्यतया माटोको तापक्रम १० डि.से.
भन्दा कम हुनु राम्रो मानिन्छ र हिउँदमा विरुवा सुशुप्त अवस्थामा जानै पर्दछ ।
खासगरी १५(२५ डि.से. तापक्रममा कुरिलोको टुसा राम्रोसंग पलाँउछ ।
माटो
कुरिलोको जरा धेरै गहिराईसम्म जाने भएको हुँदा प्रांगारीक पदार्थयुक्त,
गहिरो, खुकुलो, निकासको राम्रो
व्यवस्था भएको बलौटे दोमट माटो कुरिलो खेतीको लागि राम्रो मानिन्छ । खुकुलो माटोमा
कुरिलोको जरा ८ फीट गहिराईसम्म पुग्दछ । माटोको पी.एच. ६(७.५ सम्म राम्रो मानिन्छ
।
कुरिलोको बृद्धि विकास
(क) मुनाको विकास
कुरिलोको जमिन मुनिको भागमा गानो चिल्लो जरा र रेशादार जराहरू हुन्छन् ।
रेसादार जराहरूले माटोवाट लवण र पानी सोस्दछन् भने चिल्लो जराहरूले खाद्यपदार्थ
संचित गर्ने गर्दछन् । यसरी गानो र चिल्लो जरामा खाद्यपदार्थ सञ्चित हुन गई
कुरिलोको वहुवर्षिय अंग वन्न जान्छ । यसै भागवाट मुना उत्पादन हुन्छ ।
पौष्टिक तत्व प्रति १०० ग्राम कुरिलोमा उपलब्ध तत्व
·
शक्ति २.२ किलो
क्यालोरी
·
कार्वोहाइड्रेड
३.७ ग्राम
·
प्रोटीन ३.१
ग्राम
·
क्याल्सियम २२
मिलिग्राम
·
रेशा । खरानी ०.८
मिलिग्राम
·
पोटासियम ३०२
मिलिग्राम
·
म्याग्नेसियम १८
मिलिग्राम
·
फलाम ०.६
ख) टुसा को विकास
कुरिलोको टुसा खानयोग्य भाग हो । यसमा आंख्ला (Node) र अन्त्तर
आँख्ला (Inter Nodel) हुन्छन् । जुन अघिको वर्षको गानोको मुनाबाट
विकसित भै आएको हुन्छ । माथिल्लो आँख्लामा पातलो कत्ला भै पातले छोपिएर टुप्पो
जस्तो देखिन्छ । गर्मी समयमा टुसाको वृद्धि चाँडै हुन्छ तर स्वादमा कमी आउँछ ।
जाडो समयमा रेसादार पदार्थमा वृद्धि हुनाको साथै Anthocyaninनामक रंगको उत्पादन भई टुसामा अनावश्यक वैजनी रंग देखा पर्दछ । कसिलो मोटो तथा
कम रेसादार भएको टुसा राम्रो मानिन्छ ।
ग) वोटको विकास
टुसा यदि टिपिएन भने ४–५ फिट अग्लोसम्म
बढदछ् र हाँगाहरू विकसित हुन्छन् । यी हाँगाहरूमा पानी अरु हागाहरू विकसित हुन्छन्
। दोश्रो तहको हाँगाहरूवाट पात निस्कन्छन् । फूल साना घण्टी आकारका सेता रंगका
हुन्छन् । पोथी फूलहरू भाले फूलहरू भन्दा ठूला हुन्छन् । फल पाकेपछि राता, साना हुन्छन् ।
उन्नत जातहरू
नेपालमा कुरिलो खेतीमा अनुसन्धान कार्य नभएकोले यहाको विविध हावापानी तथा
भौगोलिक अवस्था सुहाउँदो जातहरूको विकास एवं छनौट भएको पाईदैन । व्यावसायीक रुपमा
खेती गर्नको लागि केही बिदेशी जातहरू जस्तो मेरी वासिंटन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया
५००, भाईकिड जातहरू बढी
प्रचलनमा आएका छन् ।
हावापानी
कुरिलो न्यानो र समशितोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । नेपालको मध्य
पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । कुरिलो निम्न अवस्थामा राम्रो हुन्छ
। यसका लागि हिउँदमा चिसो तथा वसन्त र गृष्ममा न्यानो मौसम राम्रो हुन्छ । माटोको तापक्रम १० डि.से.भन्दा
कम हुनु पर्दछ र विरुवा सुशुप्त अवस्थामा जानै पर्दछ । १५–२५ डि.से.तापक्रममा कुरिलोको टुसा राम्रोसँग पलाँउछ ।
·
गहिरो खुकुलो
निकासको राम्रो ब्यवस्था भएको वलौटे दुमट माटो हुनुपर्दछ ।
·
प्राङ्गारिक
पदार्थ प्रशस्त भएको वेश हुन्छ ।
·
माटोको पि.एच.६
देखि ७.५ सम्म राम्रो
·
कुरिलोको जरा
धेरै गहिरोसम्म जान्छ । राम्रो माटोमा ८ फिट मुनिसम्म पुग्न सक्छ ।
स्रोतः कुल प्रसाद सुवेदी, कृषि प्रसार अधिकृत, कृषि सूचना तथा सञ्चार केन्द्र







0 comments:
Post a Comment